तामाङ जातिमा गरिने न्वारन


          तामाङ जातिमा तीन दिनको सुत्केरी चोख्याउने प्रचलन छ | यसलाई थाम्साङ (न्वारन)भनिन्छ | यस कार्यमा घर छिमेकका महिलाहरुले सहयोग गर्दछन | यस् जातिमा न्वारन गर्दा शिशुका बाबु बाजे लामा (पुरोहित) वा झाँक्री (बोन्बो)ल्यएर गर्ने प्रचलन छ |
           यस जातिमा तीन दिनको दिनमा न्वारन गर्ने प्रचलन छ |यदी यसो गर्न नसकिएमा ११ दिनमा बिजोर दिन पारी सुत्केरी चोख्याउने न्वारन गर्ने गरिन्छ | नवजात शिशु दिन बाँचेपछी आफ्नो कुलमा चढदछ र थर प्राप्त गर्दछ भन्ने धारणा छ| जस अनुसार यस जातिमा तीन दिनको दिनमा नै न्वारन गर्ने थिती बसेको हो भनिन्छ |
         सामान्यतया तामाङ जातिमा शिशुको बाबु वा बाजेले न्वारन गर्ने प्रचलन व्यापक भएकोले यसका लागि केही हेर्ने गरिदैन | यो बोम्बो धर्मको अवसेश हो | तर लामा बौद्धधर्मको प्रभुत्व बढेकोले लामा पुरोहित ल्यएर धर्मिक विधिविधान अनुसार न्वारन गर्ने प्रचलन छ | लामा पुरोहितले बच्चाको जन्म समय बर्ष सोधी पात्रो (ल्हो चि)हेरेर ११ दिन भित्र बिजोर दिन पारेर न्वारन गर्ने गर्दछन |
          तामाङ जातिमा न्वारनको दिन आर्थिकस्थिती हेरेर सक्नेले दाजुभाइ इस्टमित्र पनि डाक्दछन नसक्नेले दाजुभाइ मात्रा डाक्दछन | त्यसदिन घर लिपपोत गर्ने गर्दछन | बोन्बो झाँक्री (आफ्नै थरको)बाट घर शुद्ध गर्ने (धिम सिल्वा)प्रचलन छ |

       नोट: तामाङ रिमठीम रबिन्द्र ग्यबक तामाङ