बाबु बाजेबाट न्वरान गर्दा


            सजातिमा न्वारन गर्दा लामा पुरोहितबिना पनि गर्ने गरेको देखिन्छ | यो प्रथा यस जातिमा लामाबादको स्थापना हुनुपुर्ब मानी आएको बोम्बो धर्मको  अवशेष हुनसक्छ | यसरी न्वारन गरिदा नवजात शिशुको आपा (बाबु) अनिवार्य उपस्थित हुनुपर्दछ | खसै बिधिबिधान हुनु पर्दैन |
              घरमुली बाजे वा बाबुमध्ये एकबाट न्वारन गरेमा भुम्ब (कलश)मा गाईको दुध अर्लाबर्ला र मह द्वरा तयार गरिएको अभिषेक जलले नवजात शिशुलाई शिरदेखी पाउसम्मा अभिषेक (नुहाउने)गर्ने काम हुन्छ | यसरी नुहाउदा सर्वप्रथम कोपरा वा ठुलो भाँडामा गोलमाथि आगोमा तताई तीन ओट दल्से दुङ्गा (युङ्सेल)रखिन्छ | अनी त्यस माथि तितेपाति (च्यान्जिन)धुपी र भर्लाका पातहरु पनि राखिन्छ |
           यस पछी भुन्ब (कलश)मा राखिएको अमृत जालले अभिषेक गरिदा नवजात शिशुको शरीर मार्फत अभिषेक जल मुनी राखिएको तातो दल्से दुङ्गामा पर्न जाँदा सो माथि राखिएको स्याउला पातहरुका साथै धुपिको पनि सुगन्धित धुँवा शिशुमा पर्दछ |
         यसरी यस जातिमा तितेपातिको बाफ लिएमा चोखो वा शुद्द वा नवजात शिशु चोखिन्छ भन्ने धारणा छ | यो बोम्बो (झाक्री)धर्मको बिधिबिधन हो | तर तामाङ लामा पुरोहितले आफ्नो बेदमा नभए पनि यस प्रकृयालाई न्वारन संस्कार गर्दा निरन्तर्ता दिएका छन | यो पनि तामाङ जन्म संस्कारको एउटा बिशेषता हो |
            यसरी बाबु वा बाजेबाट न्वारन सम्पन्न भए पछी नवजात शिशुलाई निजकै बुवा वा बाजेले नै इच्छामुताबिक नाम राख्ने गर्दछन | यसले जातित्वको प्रतिनिधित्व पनि स्पस्ट देखिन्छ |
जास्तै :ल्याह्युल, बोइमो, दयछिक, सेम्ल्हुङ, लामो, छुयोइमो, स्हयोप्टो, दुइसाङ, वाला, छ्यूल्साङ्, छ्योइसाङ्, म्हेन्दो, तरमाइ, पाल्देन, स्याङमो, ल्हायुङ, ल्हिङमाइ, नाङ्साल फाइसिङ सेलयुङ, आदि |
               
        नोट: तामाङ रिमठीम रबिन्द्र ग्यबक तामाङ