लामा पुरोहितबाट न्वारन गर्ने भए न्वारको निमन्त्रणा स्वरुप
लामाकहाँ (सगुन पोङ)लगेर जानु पर्दछ | जस्लाई (डिपछ्याङ पोङ) भनिन्छ | त्यसै बखत उक्त अनुस्ठानका लागि चहिने सरसामग्री खरिद गर्ने
वा जुटाउन लामाले घरवाल लाई जानकारी दिन्छन |
न्वारनका
लागि लामा पुरोहित घरमा आउने भए अनुस्ठान कार्यका लागि लामालाई आसन र पूजा स्थान
बनाइन्छ | त्यसपछि आसनको
ठीक अघिल्लतिर गुन्द्री बिछ्याइन्छ, लामा पुरोहितको आगमन भएपछि निजलाई लगेर आशनमा रखिन्छ | त्यसपछि लामा पुरोहितले घरबाट अनुस्ठान कार्यका लागि
ल्याइएका सामाग्रीहरु मागेर तयारी गर्दछन | तयारीकै क्रममा सर्बप्रथम भुम्बा (कलश)को स्थापना थाल माथि
रखिएको चामल पैसा माथि गर्दछन | भुम्बा भित्र
अमृत जल रख्छन | सो भुम्बाको
मुखमा तितेपती, आँप, चाँप, कटुस, दुस्यापाती,खनियपाती,धुपी,फलात,भर्ला साथै
मजुरको प्वाँख साथै टुटिमा दुबोको झुप्पो रखिन्छ | अनि पुस्तक (छ्योइ)पढ्दै घन्टी (ढिल्बा)र डमरू (च्यादर)बजाउदै
धुपौरोमा धुपिको धुप हाल्दै शुद्दी गर्दछ |
यती भैसकेपाछि नवजात शिशुलाई आशिर्बद (वाङ)गरी भुम्बा (कलश)मा
मन्त्रोच्चारन गरी तयार गरिएको गाइको दुध अर्लाभार्ला र मह द्वार तयार गरिएको
अभिषेक जलले शिर देखी पाउसम्मा अभिषेक (नुहाउने)गर्ने काम हुन्छ | यस्लाई छो सेर्गेम भनिन्छ | यसरी नुहाउदा सर्वप्रथम कोपरा वा ठुलो भाँडामा गोलमाथि
आगोमा तताई तीन ओट दल्से दुङ्गा (युङ्सेल)रखिन्छ | अनी त्यस माथि तितेपाति (च्यान्जिन)धुपी र भर्लाका पातहरु पनि
राखिन्छ | यस बोम्बो
(झाँक्री)धर्मको बिधिबिधनको निरन्तरताको रुपमा लिइनछ | तामाङ जातिमा लामा बौद धर्मको स्थापना भए पनि पूर्ण
रुपमा बोन धर्मको बिधिबिधानलाई तामाङ लामाहरुले पनि परित्याग गर्न सकेका छैनन | त्यसैले लामाहरुले पनि बौद घरमा बाट सँस्कार गर्दा पनि
बोन परम्पार लाई समेटा सामान्वय गरी अघी बढएको पाईन्छ | यो तामाङ जातिको बिशेषता हो |
त्यस पछी
लामाले पुस्तक (छ्योइ) पढ्दै,घन्ती (ढिल्बा)र
डमरू (च्यादर) बजाउदै अक्षेता छर्कदै भुम्बा (कलश) मा रखिएको अभिषेक जलले उक्त
कोपर माथि आमालाई बच्चा समाउन लगएरा सर्बङग नुहाउने कार्य गराउछन |
अभिषेक गरिद नवजात शिशुको शरीर मार्फत अभिषेक जल मुनी राखिएको
तातो दल्से दुङ्गामा पर्न जाँदा सो माथि राखिएको स्याउला पातहरुका साथै धुपिको पनि
सुगन्धित धुँवा शिशुमा पर्दछ | तितेपातिको बफ
लिएमा चोखो वा शुद्द हुन्छ भन्ने धारणा छ भने भर्लाको बाफ लिएमा ठुलो भएपछि
जङ्गलमा घाँस दाउरा गर्दा छलामा बिमिरा आउँदैन, पोल्दैन भन्ने धारणा पनि छ |
त्यस्तै पृथ्वीको सृस्टि भएपाछी सर्बप्रथम दुबो उम्रोएको र
मनिस जन्मदा देखी मर्दा सम्मा दुबोमै टेकी बाँच्ने हुँदा दुबो र पहिले जिउदो हुँदा
रोग दश ग्रह ठीक गर्ने र मर्दा उसँग कुरा गरेर पार तार्ने बोम्बो (झँक्रि)को
ऊत्पति दल्सेडुंगामा भएकोले न्वरनमा राख्नु परेको हो भन्ने कथा पाईन्छ |
त्यस पछि बच्चाको आमालाई टाउको खुट्टा-हातमा अभिषेक गराइन्छ | अनि लामाले बालकको बुवा आमा दाजुभाइ कुलकुटुम्ब र
उपस्थितिलाई पनि अभिषेक गराउदछन | बाँकी अभिषेक जल
घर, बारी र कोठाहरुमा छर्किन्छन |
तामाङहरु
सुत्केरी भएको घरमा सामान्यतया न्वारन नगरेसम्मा जाने गर्दैनन | यदि गएमा न्वारन गरेको दिनमा लामा द्वरा अभिषेकजक लिनु पर्छ भन्ने धारणा छ | त्यसदिन अभिषेक जल नलिएमा त्यस्तो ब्यक्तिको आँखा पाक्छ
र कपाल झर्छ भन्ने धारणा छ | सुत्केरी भएदेखी
न्वारन सम्पन्न नभएसम्म उक्त घर अशुद्द र अपवित्र मानिन्छन |
त्यस पछि लामाले घ्यु द्वरा टाटेम्हेन्दो न्हङ्कल्टिङ
म्हेन्दो (टोटोला को फुल)को टिका लगाइदिने र नाडी गोडा कम्मरमा काँचो धागो
लगाइदिने गर्दछन | यसो गरिएमा
बच्चालाई डाहा, बायु र भुत्प्रेत
लाग्दैन भन्ने धारणा छ |
शिशुको जन्मा भएदेखि न्वारन नभएसम्म सुत्केरी भएको घरमा
मनिसले बारीमा बिउबिजन रोप्दैनन पानी बार्दछन पूजापाठ गर्ने लगायतका कार्यहरु
गर्दैनन | न्वारन भैइसकेपछि
नवजात शिशुलाई सबैले हेर्न र खेलाउन सक्दछन, घर बहिर लैजाने गर्दैनन | त्यसैगरी त्यसैदिन सुत्केरिलाई बिच्यौना बनाएर रखिएको परालहरु
पनि दोबाटोमा लगेर जलाउने प्रचलन छ |
यस जातिमा मनिसको जन्मलाई महत्वपूर्ण मानिएको मात्र नभै
सुखतक्षणको रुपमा स्विकार गरिएको छ | त्यसैले नवजात शिशुलाई भुम्बामा लामाले मन्त्र द्वरा शुद्द
बनाएको जलले अभिषेक गरे पछि घरपरिवारहरु सुतकबाट मुक्त भएको मानिन्छ | नवजात शिशुले पनि शुद्द भई थर प्राप्त गरी कुलमा चढेको
उपलक्ष्यमा हर्ष स्वरुप गाउँका डम्फुरेहरु डम्फु बजाइ मात्री भाषामा आमाको महत्व
दर्शाउदै र मात्रित्वको बन्दना गर्दै यसरी सेलो गाउछन :
आमाइले
होइ आमाइले
आमाइले
होइ आमाइले
त्यसतै सेलोको अन्तमा डम्फुरेहरु
म्हान्नाला है ङान्नाला
क्रास्या न्हाङरी युनाला
यसको भावार्थ यस अनुस्ठानको अभिषेक जल नवजात शिशु लगायत भेला
भएका जो जती जस्ले शिरमा शिरोधार्य गर्नुभयो तिनको मगज स्वर्ण तथा त्रिफला (हर्रो, बर्रो,र आमला)परी तिब्र
र दिर्घायु होस भन्ने हो |
नोट: तामाङ रिमठीम रबिन्द्र ग्यबक तामाङ