तामाङ जातिमा जातिय
रुपमा नाक कान छेड्ने बिधिबिधन छैन | तर जती सक्दो ससानै अवस्थामा नाक कान छेड्ने गरिन्छ | त्यसैले यो संस्कार
सकभर भात खुवाइ पुर्व गरेको पाईन्छ | नभए छोराको हकमा छेवर र छोरीको हकमा गुन्युचोली पछ्यौरा
र धोती दिनु पुर्व नाक कान छेड्ने परम्परा छ | यसरी कान छेड्दा भने काँडा वा सियोले छेड्ने गरिन्छ |तर छोराको छेड्दा
भने सियो वा काँडा जेले छेडे पनि जुठो गरेर छेडने प्रचलन छ | यसो गर्यो भने बन
झाँक्रीले लग्दैन भन्ने तामाङ समाजमा धारणा छ | तथापी, तामाङ नारीहरु सुनका गरगहना लगाउन सौखिन भएकोले छोरा
छोरीहरुको नाक कान उत्सब बिना छेड्ने गरेको पाईन्छ |
यस जातिमा नाकमा
बुलाकी र कानमा ढुङरी गहना नलगाएमा हामीलाई स्वर्णभुमी (ल्हासा)ले सराप्छ भन्ने
धारणा छ | त्यसैगरि
तामाङ महिलाहरु नाकमा बुलाकी र कानमा ढुङरी लगाउने प्वाल छेडेमा र पुरुषहरु बिरु
लगाउन कान छेडेमा मराउपछि पनि आफ्ना आमा बाबासँग भेट हुन्छ भन्ने गर्दछन | त्यस्तै नाक-कान
छेडेपछि तामाङ जातिका महिलाहरुले कानमा चेप्टे सुन, ढुङरी र कर्णफुल, टाउकोमा बन्दी, नाकमा बुलाकी
लगाउछन भने तामाङ पुरुषहरु कानमा वीरबल लगाउछन |
सोन्दार्यताका लागि
तामाङ महिलहरु हातमा चाँदीको बाला, छातीमा सुन वा चाँदिको सिक्री,जन्तर र हारी
(माला)लगाउछन | विवाह
गरेका वा नगरेकाहरुले पोतेमा खिप लगाउछन | पुरुषहरु घाँटिमा चाँदिका जन्तर पनि लगाउछन |