फेरी फर्कि आउदैन !!!
यस्तो लाग्छ भोलि यो कालो सायाले
मेरो जिन्दगीको उज्यालो ढाकिदिन्छ
मेरो खुशिमा पर्दा हालिदिन्छ
या त सिङ्गो मलाई नै खाईदिन्छ
तर फेरि म सोच्छु
त्यो सुर्य
जो अबिरल झरि,बादल र रातको प्रहरलाई चिर्दै
सुनौलो बिहानि ल्याउछ
हरेक तुशारो,हुस्सु,कुहिरोलाई छिचोल्दौ
आफ्नो किरण फैलाउछ ।
यस्तै यस्तै
मेरो मनमा प्रेरणा र हौसलाको बीउ छर्छ
पक्का छ एकदिन
त्यो बीउ अङ्कुराउने छ
उम्रने छ हुर्कने छ
अनि आफ्नो साम्राज्य फैलाउने छ।
मनमा यस्तै यस्तै सोच्द सोच्दै
समय बित्दै
दिन बित्दै
महिना बित्यो
अब बर्ष पनि बित्दै छ
तिमिमा परिवर्तन भएन
त्यसैले
अर्थहिन एउटा पर्खाईको
अन्त्येस्टी हुन लागेको छ
आशाहरु अर्धमृत
मनभित्र साँचेर
म अस्ताउँदै गरेको घाम सँगै
अस्ताउदै छु..!
म हराउदैछु कसैले
नभेट्ने गरी संसारबाट
कसैले नदेख्ने गरि
नभेट्ने गरि
शुन्यतामा एक्लोपनमा
जसरी औंसीमा
चन्द्रमा हराउँछ
ब्ल्याकहोलमा
ग्रह र ताराहरु हराउछन्.!!
अब त मन आति सक्यो
भिम दोङ तामाङ
2020-2-08