म त एउटा अशिक्षित अयोग्य गरिबको छोरो
गाउँकै बेंसी डाँडा पाखामा मात्र हिड्छु एकोहोरो !
दुर्गम छ सानो छ चिटिक्क छ मेरो गाउँ
नेपाली हुँ म पौरखगरि राख्नु मेरो नाउँ !
गरिब हुन चाहेको होइन भविले लेखेको कर्म
नयाँ नेपाल आयो भन्छन कस्ले बुझ्ने मेरो मर्म !
यहीँ ठाउँमा जन्मे यहीँ ठाँउमा हुर्के यहीँ नै बास होला
बाचुन्जेलसम्म मेहनत गर्छु केहि त आश होला !
ग्योइ जाट्टिको चौतारीमा खेलिरहने मेरो बानी
बिर्सन कहिले सक्दिन म रोशी खोलाको त्यो मिठो पानी !
देउथान माथी पिन्थली गाउँमा मैच्याङनी खानिलाई
सम्झना मेरो बारम्बार छ है हृदयकी रानीलाई !
नार्केको बजारमा लाएको माया कहिले नछुटोस
मनाम डाँडाको चौलानी पानी कहिले नसुकोस !
भिम दोङ तामाङ
september-29-2011