कहिलेत मधेस कहिलेत भोट
वरिपरि लामागाउँ तिमाल कोट
यो दुखी कर्मले गर्दामा
ज्यान भरी दुख मन भरी चोट
मंगल्टारमा माघे जौ
घर मेरो काभ्रे पिन्थली गाउँ
झुप्रो त गाउँघर छोडेर
भैराछ यो मन कहाँ जाउ जाउ
नार्केको बजार झरेरा
मोटर गाडी चढेर
गाउँघर छोडेर हिडेको म
गाउँको दुख सम्झेर
श्रीमती एक्लै गाउँघरमा
दुइटी त सन्तान जन्मेर
घरबार चल्न मुस्किल भो
कुल्ली र ढाक्रे गरेर
दाउने रोशी खोलामा
दुई दिन बाँच्ने चोलोमा
तिर्खामा खाना मोही छैन
दुखमा साथी कोहि छैन
हाम्रो त म्हाभर लेकैमा
गाईदुने ढुङरो गोठैमा
आज मर्छ कि भोलि मर्छ
आएन हाँसो ओठैमा
![]() |
भिम दोङ तामाङ |