सुतकबाट शुद्दी गरीसके पछि धर्मिक बिधिबिधन अनुसार नवजात
शिशुको नामाकरण गर्ने काम गरिन्छ | यसलाई (मिन थान्बा) भनिन्छ | न्वारनन्वरनको मुख्य पक्ष नामाकरण गर्ने काम हुन्छ यो
बिधिबिधन पनि यस् जातिमा आफ्नै प्रकारको छ |
लामा पुरोहितले नाम रख्दा प्राय: जन्मबारको आधारमा राख्ने
गर्दछन |
जस्तो- आईतवार-ङ्हेमा, सोमबारअ-दावा, मंगलवार-मिङमार बुधवार-लाग्पा, बिहीवार-फुर्ब, शुक्रबार-पासाङ शनिबार-पेमा |
यसरी राखिएको नामको पछाडि नवजात शिशु छोरा भए (दोर्जे)र छोरी
भए (डोल्मा)वा (छिरिङ) जोडेर नामाकरण गरिन्छ | यसको अतिरिक्त लामा गुरुहरुले पात्रो हेरेर पनि बौद
देबिदेबताका नामहरु राख्ने गर्दछन | यती गरिसकेपछी घर परिवारको मंगल दिर्घयु र सम्म्रिद्दिका लागि
लामाहरुले (टासि सेक्पा र साम्बा लुन्डु)छ्योइ (पुस्तक)पनि पढ्ने गरेको पाईन्छ |
तामाङ् जातिमा अन्तर जातिय विवाहलाई पनि मान्यता दिएको पाईन्छ
| यदी कसैले बिजातिय स्त्री मन पराएर
ल्याएमा यस जातिको चोहो मुल्मी ताम्बा ङात्पा दौत्पा गान्बा गौराइहरुको भेलाले
उक्त स्त्रिलाई निजको लोग्नेको थर सँग बिहेबारी गर्न मिल्ने थर दिइ तामाङ समाजमा
हुल्ने प्रचलन छ | यस्त महिलबाट
जन्मिएको नवजात शिशु झर्रा नै हुन्छन |
तामाङ समाजमा शिशुको उमेर बढ्दै गएपछि हिन्दू धर्मबाट प्रबबित
भएर एकतिर आफ्नो छोराछोरीको नामाकरण अर्थत फेरी नाम राख्ने प्रचलन ब्यापक रुपमा
रहेको छ | अर्कोतिर धर्मिक
जागरणका करणले बौदा देवी देवताको नामहरु राख्ने गरेको पाईन्छ | तर आफ्नो मात्रिभाषाका नाम राख्ने प्रचलन लोप हुँदै
गैरहेको छ | हिन्दू धर्म र
संस्क्रितीको प्रभाबका कारण समाजमा सामाजिकीकरण हुन तामाङ जातिमा बाल्य अवस्थामा
विद्यालय भर्ना हुनेदेखि युबा अवस्थामा नागरिकता प्राप्त गरी स्व:रोजगारको अव्सर
प्राप्त गर्न सहज हुन्छ की भनेर हिन्दू देवी देवता हरुको नामहरु राख्ने प्रचलन
बढेको छ |
जस्तो:
राम बहादुर तामाङ भिम बहादुर तामाङ बिष्णु तामाङ कृष्ण बहादुर तामाङ नारायण सिंह
तामाङ ईन्द्र लामा शिव कुमार लामा अर्जुन लामा गणेश तामाङ आदी आदी |
जातिय पहिचन्को सन्दर्भमा यो राम्रो होइन| आजै देखि सुधार गरी आफ्नो जातिय झल्कने नामाकरण गर्नु
पर्दछ | त्यसै गरी
रासुवका तामाङहरु लामा बोलाई न्वारन र नामाकरण गर्ने परम्परा लाई दाबेन भन्दाछन त
हुम्ला र मुगूका तामाङ हरु यस संस्कार गर्ने परम्परा लाई छरतेर्जे भन्दाछन |
नोट: तामाङ रिमठीम रबिन्द्र ग्यबक तामाङ