तामाङ जातिमा नवजात शिशु जन्मेको प्रथमपल्ट नरम अन्न खुवाउने
संस्कारलाई (कान ख्वाबा) भनिन्छ | यस दिन आमाले बच्चालाई नुहाइ अफुले पनि शुद्द भै शुद्द बस्त्र
लगाइ घरमा भुम्बा (कलश)को स्थापना गरी देवी देवताको पूजा गर्ने गरिन्छ | यो संस्कार बच्चा
जन्मेको केही महिनापछि छोरीको भए पाँच महिनामा र छोराको भए छ महिनामा गर्ने गरिन्छ
|
तामाङ जातिमा भात खुवाइ सामान्य रुपमा गर्ने हो भने हाड नाता
मावली लाई बोलएर गर्ने प्रचलन छ | भब्य तरिकाले बिधिबिधन पुर्वक गर्ने हो भने इस्टमित्र
छरछिमेकीहरु र निम्तालुहरु पनि बोलाउने गरिन्छ | भात खुवाइका दिनलाई १२ मुठी वा एकमाना चामल
पकाउनु पर्दछ | जसलाई
चरेशको थालमा रखिन्छ | भात
खुवाइमा सगुन स्वारुप माछा भने अनिवार्य रहनुपर्छ भन्ने तामाङ हरुको धारणा छ |
खाना खुवाउदा बच्चाको पुर्व मुख गरी खुवाउने गरिन्छ | यो कार्य मामालाई
निमन्त्रणा गरिएको भए मामाबाट र नगरिएको भए परिवारको मुली ब्यक्तिबाट सर्वप्रथम
नरम खाना १६ दिनमा घाम देखाउदा मुखमा राखेको चाँदी को मोहोर (पैसा)ले सात गाँस वा
बिजोरपटक खुवाउने गरिन्छ |
भद्राइ चराको चुच्चोले भात खुवाएमा बच्चाको बोली राम्रो
हुन्क्छ भन्ने धारणा छ |
भनिन्छ सर्वप्रथम खाना खुवाउने ब्यक्तिले बिजोर संख्यामा
कन्याकेटिहरु राखी तिनलाई टिका लगाएपछि खुवाउने गरिन्छ | भद्राइ (सुङ रेङ
)वा मैना चराको चुच्चोबाट खाना ख्वाउन सके बच्चाको बोली ति चराको जस्तै मधुर र
राम्रो हुन्छ भन्ने धारणा छ |
यस अवसरमा मामा खलकले नयाँ भन्जा भन्जी लाई नयाँ बस्त्र र
दक्षिण दिने गर्दछन | सक्ने छन
भने त्यसदिनपछि घर परिवार वा मामाले भात खुवाइको दिन छोरा भए कानमा सुनको बिरु र
छोरी भए नाकमा बुलकी दिने प्रचलन पनि छ | त्यस पछि परिवारका अन्य सदस्य १३ दिने दाजु भाइ
(हाडभाइ)र उपस्थित निम्तालु हरुले मर्यद अनुसार खाना खुवाउने कार्यको थालनि पालाई
पलो टिका लगाइ खाद पहिराइ अशिर्बद दिने गर्दछ |
यस बिधिबिधन पछि खाना खुवाउने गरिन्छ | खानापिन पछि
डम्फुरे हरुले सेलो गाउदै नाच्दै रमाइलो गर्ने प्रचलन छ | अनि भात खुवाइको
अवसरमा उपस्थित मान्यवर पाहुना इस्टमित्र निम्तालु हरुलाई सगुन गरेर बिदाइ गर्ने
प्रचलन छ |
त्यसै गरि तामाङ जातिमा पहिले ८४ बर्षमा बुढा बुढी लाई भात
खुवाइ गरिने प्रचलन पनि छ जस्लाई (८४ पुजा) भनिन्छ |हाल यस्त प्रचलन लोप भाईसकेको छ |त्यस अवसरमा नवजात
शिशुको भात खुवाइ गर्द गरिने प्रकृया ए कार्यक्रम अनुसार गरिने प्रचलन थियो |
नोट: तामाङ रिमठीम रबिन्द्र ग्यबक तामाङ