तामाङ जातिमा जाय जन्म भएमा बच्चाहरुको आठ महिनामा दाँत उम्रेमा अशुभ मानिन्छ र मामा खलकलाई
पिरोल्छ भन्ने धारणा छ | यसको
समाधानका लागि सामान्य बिधिबिधन गर्ने प्रचलन छ | यसका लागि घरवालाले भान्जा भान्जिलाई लिएर
मामाकहाँ जानुपर्दछ | यसरी मामा
कहाँ जाँदा मामालाई कहिले कुन समयमा मामा सगुन कोसेली गर्न पुग्ने हो सो सुचित
गर्नु पर्छ | यसो
गर्नुको मतलब आठ महिनामा दाँत आएका भान्जा भान्जिको अनुहार सगुन नगरि, उपहार नदिए सम्म
हेरेमा पिरोल्छ भनेर हो |
त्यस
पछि मामाले भान्जा वा भान्जि जस्को दाँत आएको हो, त्यसका लागि थाल कचौरा वा भाँडो जे सकिन्छ
त्यो नयाँ उपहार किनेर रख्छन |
भान्ज भान्जि लिएर आएकी दिदी बहिनीले घरको मुल ढोकामा सगुन
राख्छन् | त्यस पछि
घरको मुल ढोका भित्र मामाले उल्टो फर्केर भान्ज वा भान्जीलाई उल्टैबाट टिका लगाइ
उल्टैबाट उपहार स्वरुप ल्याएको भाँडाले मामालाई नपिरोल है भन्दै उम्रेको दाँतमा
तीन चोटि छुवाइ सूल्टो फर्केर भान्जा भान्जिको मुख हेर्ने गर्दछन | अनि दिदी बहिनीले
भान्जा भान्जिलाई मामासँग ढोग गराउछन् | दिदिबहिनीले पनि दाजु लाई दोग गर्दै घर भित्र पसी
सम्पूर्ण मान्यजन लाई ढोग भेट गर्दछन र खानपिन गर्दछन | यस् बिधिमा कसैलाई
निमन्त्रण गर्ने प्रचलन छैन | त्यसै गरि दाँत जुनसुकै उमेरमा फुलेमा सुनको दाँत आँफैले
हालेर लाउने प्रचलन पनि छ |
नोट: तामाङ
रिमठीम रबिन्द्र ग्यबक तामाङ