छेवारको दोस्रो दिन


       दोस्रो दिनमा मामा र निम्तालुहरु आउँदा चलीआएको सगुन कोसेली ल्याउने र पर्मको रुप्मा दस्तुर हाल्ने गरिन्छ |

        त्यसै दिन सबेरै गाउका गान्बा (बुदापाका)हरुले अह्राए अनुसार दाजु भाईले छेवार मण्डब (यज्ञ) तयार गर्दछन | मामाले भान्जालाई ल्यएको उपहारका साथै मामाले ल्यएका नौ सगुन हरु पनि मण्डपमा रखिन्छ | त्यस्तै मण्डपमा तेह्रावटा सगुन घरको तर्फ बाट रखिन्छ | यसरी रखिने सगुनमा माछा,फुल, साग्, टाटे म्हेन्दो(टोटोलको फुल) रोटी (सेल वा बाबर)का साथै रक्सी वा जाँड हुन्छ |

      त्यस्तै मन्डपको पश्चिम भागतिर छ्याङ्दी (काठको आसन)माथी एक भाग सगुन, कपाल काट्ने छुरा, भुम्बा,(कलश) धुपौरो, कपाल थाप्ने टपरी, मामाले भान्जाका लागि भनी ल्यएका फेटा, कपडा, पटुका, टोपि,लगायत कुराहरु मामाले नै ल्यएका थाल, सेतो चोखो खँडिको कपडा र टिका रखिन्छ |
       मण्डप र त्यस्को वारीपरी बिभिन्न स्थानमा बिबिध रङका कागजका तोरणहरुले सजाइन्छ | मण्डपलाई काँचो धागोले बेरिन्छ र त्यहा चार छिमेकहरुका साथै दाजु-भाइ खलक हरुले आ-आफ्नो घरबाट ल्यएका सगुन हरु पनि क्रमश: रखिन्छ |


                          नोट: तामाङ रिमठिम रबिन्द्र ग्याबक तामाङ