छेवार संस्कारमा मामाको भूमिका महत्वपूर्ण रहन्छ | मामाबिना यो
संस्कार सम्पन्न गर्न सकिन्न | यदि कसैको मामा छैनन भने आमाकै थरको कसैलाई मामा बनाइ छेवार
गर्नु पर्दछ |भान्जाकै
घरमा छेवार गरिएमा सोको लागि भान्जा कहाँ आएका मामाहरुलाई केही कोसेली लिएर परसम्म
बहिनी ज्वाँईले गान्बा (गाउका ठुला ठालु)हरु डम्फुरे र बन्दुकेहरु लिना जान्छन |
जो प्राय: भञ्ज्याङ वा देउराली वा दोबटोसम्म हुने गर्दछ | जहाँ मामा खलक हरु
लाई पूर्व फर्कएर गुन्द्री माथि राडीपाखीमा बिछ्याइ बसाइन्छ |
अनि मामा हरुलाई बहिनी ज्वाँईले घुँडा टेकेर ढोग गर्दछन | त्यस पछि टिकाको
साथै टाउको, गाला, कुमहरुमा अबिरहरु
लगाइदिइन्छ | अनि सगुन
रेम खुवाइन्छ | भान्जा खलक
हरुले मामाहरुलाई चेवार मन्डपसम्म बाजागाजाका साथ बन्दुक पड्काउदै बोकेर भित्राउने
गर्दछन |
यसरी मामा भित्र्याउदा मामाको घर धेरै टाढा हए एकदिन अघि
नजिकै भए छेवारकै दिन बित्र्याउने गरिन्छ | मामाहरुलाई एक दिन अघि भित्र्याएको खण्डमा सोही
रात्रीदेखी छेवार कार्य सम्पन्न भई मामा
बिदाबारी नगरेसम्म भान्जापट्टिको डम्फुरे र मामापट्टिको डम्फुरे बीच दिनरात दोहोरो
सेलो चल्दछ | त्यस्तै
भान्जालाई मामाकै घरमा लगेर छेवार संस्कार सम्पन्न गर्ने परम्परा तामाङ समाजमा छ |
नोट: तामाङ
रिमठिम रबिन्द्र ग्याबक तामाङ