चिरविर आवाज संगै,

 चिरविर आवाज सँगै झकाउन पुगेछु !

सपनिमा नाम लिई बर्बराउन थालेछु !!


माया नभए अरु के हुन सक्ला र यो !

सम्झनामा तड्पिदै कल्पनामा डुबेछु !!


अथाहा दिएको छ माया ममता पनि !

एकान्तमा बस्दा आफै घोरिन थालेछु !!


उत्कृष्ट विचार र शैलिको कारणले नै !

मुटुमा तिम्रो ठाउँ पक्का गरिसकेछु  !!