म रिसाएँ

 भावना !!!


म रिसाएँ 

तिमी पनि रिसायौ

अब फकाउछ कसले ?

मै चुप तिमी चुप

मौनता हटाउछ कसले ?

घमण्ड छ

अली कती तिमीमा पनि 

अब प्रेम देखाउछ कसले?

न झुक्ने जिद्दी मेरो

तिमी पनि कँहा कम

महानता देखाउछ कसले ?

दुरी बडे

साथ छुटे

पछुताउछ कसले?

पछुतो छ

सायद तिमीलाई पनि

अब प्रेम को

पहिला हात बडाउछ कसले..?