तामाङ समाजमा एक महत्वपूर्ण संस्कार छेवर

     तामाङ जातिमा छेवर महत्वपूर्ण संस्कार हो | भान्जको दिर्घायु र कर्म चलाऊन मामा द्वारा कपाल खौरने कर्मलाई (छेवर)भनिन्छ | यस लाई (क्रा ब्रेबा)भनिन्छ | छेवर सक्नेले मामा डाकी र नसक्नेले मामाको घरमा गएर बिधिबिधन पूर्वक गर्ने प्रचलन छ |
     छेवर कार्य सम्पन्न गर्दा बिशेष चाडपर्ब र उत्सब हरुका साथै सोम वा बुधवार बिजोर बर्ष पारी गर्ने गर्दछ | जोर बर्षमा छेवर गरे अशुभ हुन्छ भन्ने तामाङजातिमा धारणा छ | प्राय: चैत्र, साउन, भदौ,र पुष, महिनमा छेवर गरिदैन | त्यस्तै आईतवार जन्मबार, जन्म महिना, र बाग बर्षमा छेवर गरिदैन |
      छेवर कम्तिमा तीन बर्ष र बदिमा ११ बर्ष भित्र लामाद्वारा साइत हेरेर गर्ने गरिन्छ | जोर बर्षमा आमाले गर्वधारण गरेमा, मराउ परेमा घेवा सम्पन्न नभएसम्म छेवर गरेमा अशुभ हुन्छ भन्ने धारणा छ | छेवर गर्नु पूर्व भान्जले कपाल कट्नु हुँदैन भन्ने मान्यता छ | कथंकदाचित केही गरी छेवर गर्न ढिलो भाईहाल्यो भने पनि विवाह पूर्व अनिवार्य रुपमा गर्दछ्न |छेवर कार्य मामासँग सम्बन्धित भएको हुँदा मामाको समय अनुकुलतामा यो संस्कार गरिन्छ |छेवर गर्दा सर्बप्रथम भन्जाखलकले (म्हेनिङ डाङ)दशै कोसेली लिएर मामा कहाँ जाने गर्दछन | यसरी कोसेली लानुको अर्थ मामालाई भान्जको छेवर हुँदैछ भन्ने सङ्केत गर्नु हो | यसलाई (आस्यङ खि:बा डाङ) पनि भनिन्छ |
     यस्तो कोसेली पाएपछि धेरै मामा खलकहरु एक आपसमा भान्जको छेवर कुन महिना,कुन दिनमा गरिदिने भनेर सरसल्लाह गर्दछन भने अर्कोतिर कुन कोसेली लैजादा मामाको आर्थिक स्थिती र गाउठाउको प्रचलन हेरेर लैजाने गरिन्छ |सामान्यतया मामा कहाँ लगिने कोसेलिहरु तीन प्रकारका हुन्छन :

(क) नागा डाङ (कुखुरा कोसेली)
(ख) रा डाङ   (बाख्रा कोसेली)
(ग) मुइ डङ   (भैंसी कोसेली)

        कतै मामाहरु नै उल्लेखित कोसेली माग गर्दछन | मामाले कोसेली माग गरेकोभए सोही अनुसार लग्ने गरिन्छ | मामा कहाँ लगेकै दिन छेवर मामा कहाँ गर्ने की भान्जको घरमा गर्ने भन्ने र तिथिमिती तय गरिन्छ | त्यसपछि भान्ज कहाँ छेवर गर्ने भए मामा कहाँ सगुन पोङ पठाएर मामाहरु धेरै भए कती जान आउने? कहाँ सम्म लिन आउनुपर्ने हो? निस्चित गरिन्छ | अनी घर तर्फ बाट छेवरमा उपस्थित हुन हाड नाता, इस्टमित्र, गाउले छरछिमेकी हरु निम्त गरिन्छ |
        
     सामान्यतया छेवरमा आउँदा निम्तलुहरुले नाटका आधारमा सगुन कोसेली र पर्मा स्वरुप केही दस्तुर लिएर आउछन |यसरी पर्मा हाल्दा भने १३ दिने दाजुभाइहरुले दुई पाथी मकै वा चामल र एक भारी दाउरा लनु पर्ने प्रचलन छ | छोरीचेली र इस्टमित्रले नाताहेरी सगुन स्वरुप कम्तिमा कुखुरा कोसेली लाने परपरा छ | गाउले निम्तलु पाउनाहरुले केही रकम पर्मा स्वरुप हाल्ने गर्दछ | यसरी हलिएको पर्मा कोसेली र दस्तुरहरु छेवर घरमा गरेमा वा निम्ता गरेमा अरुको छेवर पर्मा फिर्त गर्ने प्रचलन छ | मामाघरमा आफुखुसी निम्तो  नगरि  गरेमा पर्मा फिर्ता नगर्ने चलन छ |
      
      घरमा छेवर गर्दा मामा र मामाखलक सामान्यतया फेटा, टोपी, एउटा गाग्री, एउटा कचौरा,र एक सरोलुगा कम्तिमा लानु पर्ने प्रचलन छ |धुम धामसँग भान्जाको घरमा छेवर गर्दा भने मामा वा भान्जा खलक दुबै धनी भए भान्जलाई सुन्को सिक्री, औठि,तामाको फोसी, बाट लाने गरिन्छ |त्यसतै छेवर गर्नका लागि मामालाई जुन प्रकारका कोसेली लगिन्छ| सोही प्रकारको मुल्य पर्ने उपहार सामाग्रीहरु मामाहरुले लाने प्रचलन छ त्यसै गरी बिदाबादिमा पनि मामालाई ल्यएका सगुन, कोसेली र सामाग्री अनुसार बराबर पर्ने गरी फिर्ता गर्ने प्रचलन छ | यसको वापत छोरी चेलीले मामा पुर्याउन जाँदा बाख्रा, भैंसी आदी कोसेली लाने प्रचलन छ | मामाको घरमा गर्ने छेवरमा मामाको खुशीले भान्जालाई गाग्री,थाल,कचौरा र एक सरोलुगा सिरदेखी पाउसम्मका र जुत्ताधरी दिने प्रचलन छ |
छेवर  बिधिबिधन सँग गर्दा यो तीन दिने संस्कार हो जस्को परिचय तल दीन्छ:     

          नोट: तामाङ रिमठिम रबिन्द्र ग्याबक तामाङ