हामी परदेशीको ✍️भिम दोङ तामाङ

बोकि हिड्ने  राहदानी  हामी परदेशीको

लागिसक्यो साच्चै बानी हामी परदेशीको ।।


दुख संग साथी बनी हास्न सिक्दा सिक्दै

ढल्क्यो यतै  यो जवानी हामी परदेशीको ।।


साहुको  गाली  सहेर नि खटनै पर्ने यहाँ

कस्ले गर्ने खै?निगरानी हामी परदेशीको ।।


चर्को घाम  तातो हावा संग खेल्दा खेल्दै

लाग्छ  यहि जिन्दगानी  हामी परदेशीको ।।


कति जान्छन लास बनी  भौतारिदै कति 

यस्तै  यस्तै  छ  कहानी हामी परदेशीको ।।