जवाफ विहिन सवालहरु
तिमी मै रोकिन पुग्छन
तिमी आईदिएको भए
फूल ओईलिदैन थियो
कालो बादल भित्र
जून यसै लुक्दैन थियो
खै किन आएनौ तिमी
तिमी आएको भए
भञ्याङका झ्याँऊकिरीहरु
मेरो उदाशिमा रुदैनथिए
यो रात छिप्पिदैन थियो
ति मायाका कोशेलिहरु
तिम्रो सिउदोभरि
बताससँग मागिदिन्थे
तर बिवश, आएनौ तिमी
तर आज,
यि आसुहरु रित्तिसके
र मैले रुन बिर्सिए
चर्याउने आलो घाउ
खाटो बनिसक्यो
र मैले महसुस बिर्सिए
भिडले एक्लो बनायो
एकान्तमा रम्न पुगे
र मैले साथ बिर्सिए
रित्तो खल्तिमा प्वाल पर्यो
सिक्काहरू हराए
र मैले सपना बिर्सिए
यादले मष्तिष्क फुट्यो
म बौहुला बने
र क्षणिक तिमीलाई बिर्सिए
र मैले यस्तै सोच्दिए
म निन्द्रामा थिए
जब खाटबाट खसे
सपनाहरु टुट्यो
कति रंगिन सपना थिए
बुढापाकाहरु भन्थे
भाग्यमा लेखिएको
शिवाय अरु केहि मिल्दैन
बाकि गुनासो किन ?
म सगं यहि
सम्झौतामा कस्सिएको
एक सिंगो जिन्दगी
बाकि नै रहेछ।
हरे!
भिम दोङ तामाङ